हाम्रो मिशन

आयोजनाको उद्देश्य

आयोजनाको उद्देश्य : वैज्ञानिक भू-उपयोग, योजनाबद्ध शहरी विकास तथा दिगो पूर्वाधार निर्माणमार्फत सुरक्षित, व्यवस्थित, समावेशी, वातावरणमैत्री र सुविधासम्पन्न बस्तीको विकास गरी समृद्ध एवं जीवन्त शहरी समुदायको निर्माण गर्ने । जग्गा एकीकरण तथा पुनःसमायोजन प्रक्रियामार्फत योजनाबद्ध शहरी विकासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने। बढ्दो अव्यवस्थित शहरीकरणको क्रमलाई नियन्त्रण गर्ने । कर्मानाशा खोलाको अनियन्त्रित कटान र बहावलाई नियन्त्रित र व्यवस्थित गर्ने । सडक, खानेपानी, ढल निकास, विद्युत, सञ्चार तथा अन्य आधारभूत शहरी पूर्वाधारको विकास र विस्तार गर्ने। सार्वजनिक उपयोगका क्षेत्र, हरित खुला स्थान तथा सामुदायिक पूर्वाधारको सुनिश्चितता गर्दै सन्तुलित शहरी वातावरणको विकास गर्ने। प्रचलित कानून, मापदण्ड तथा स्वीकृत योजनाअनुसार पारदर्शी, उत्तरदायी र सहभागितामूलक कार्यसम्पादन सुनिश्चित गर्ने। वातावरणमैत्री दिगो विकासमा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने। प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्थानीय जनताको आर्थिक जीवनस्तर अभिवृद्धिमा सहयोग गर्ने। बढ्दो व्यवस्थित आवास मागको आपूर्ति गर्ने। स्थानीय सरकार, सरोकारवाला निकाय तथा जग्गाधनीबीच समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ गर्दै आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने।